सभामुखको भुमिका निष्पक्ष हुनु पर्छ

एमालेले कार्वाही गरेका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै नेकपा एमाले सभामुख अग्नि सापकोटासंग असन्तुष्ट छ । पार्टिका बिरुद्ध विभिन्न गतिबिधि गरेको भन्दै पार्टीले कार्वाही गरी पठाएका सांसद बर्खास्त नगरी सभामुखले आलटाल गरेको आरोप अहिले लागिरहेको छ ।
०४७ को संविधानपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका अध्यक्ष या सभामुख दमन ढुंगानाले प्रतिपक्ष या अल्पसंख्याको अधिकार र दायित्व निर्वाहमा संख्या बाधक नहुने स्पष्ट अडान लिए । तेस्रो प्रतिनिधि सभाका अध्यक्ष तारानाथ रानाभाटले सदनको गरिमाको बचाउमा धेरै कार्य गरे ।
बहकिएनन । त्यो उच्च आसनलाई ‘सडक’मा लगेनन् । दोस्रो, आफैँले जुन संविधान र त्यो संविधानको अन्तर्गतको पदको मर्यादा पालन गर्ने शपथ लिए, त्यो संविधानको पीठमा छुरा हान्न तयार भएनन्। त्यसैले राजाको घोषणमार्फत ब्युँताइएको सदनमा उनलाई सभामुख बनाइएन फेरि । सुवास नेम्वाङलाई त्यो पद बक्सिस दिइयो ०६३ बैशाख ११ पछि ।
सभामुख अग्नि सापकोटा अहिले एमालेभित्रको राजनीतिक खिचातानीमा खिचिएका छन् र उनको एमाओवादीको पृष्ठभूमि त्यसमा कति कति संलग्न हुन्छ या हुँदैन, केपी ओलीद्वारा एमालेबाट निष्कासनसँगै १४ जनाको संसद सदस्यता समाप्त गर्ने सिफारिसमा सापकोटाले के र कस्तो निर्णय लिन्छन्, त्यसका आधारमा हेरिने छ ।
राजनीति गर्ने आसन त्यो हैन । त्यसको मर्यादा पटके रुपमा भंग भएमा भोलि सभामुखलाई एउटा दलको नेतामा कार्यकर्ताका रुपमा मात्र हेरिने छ, जसले संसदीय व्यवस्थाप्रति नै आम अविश्वास पैदा गर्ने छ । अहिले माधव नेपालसहित १४ जना सांसदलाई निष्कासन गर्न ओलीले जारी गरेको विज्ञप्तिबारे तत्काल निर्णय नगरेको आरोप ओली समर्थकहरुले गरिसकेका छन् भने गठबन्धनका पाँच दलले पूर्वाग्रह राखेर त्यसमा निर्णय नगर्न उनलाई चेतावनीका साथै निर्णय छिटो नगरेकोमा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार